no comments

पोखरामा बैकका कर्मचारीमा कोरोना संक्रमण

पोखरा, ३१ साउन / साउन २७ गते पोखराका ५ मा रहेको एक सहकारीमा कार्यरत महिलालाई कोरोना संक्रमण देखीयो । पोखराको फेवा सिटि अस्पतालमा उपचाररत महिला र उनका छोरामा कोरोना पुष्टि भएको थियो ।

पोखराको सृजना चोकमा रहेको कामना सेवा बैंकमा कार्यरत उनका श्रीमान् र छोरीलाई पनि शनिबार कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । उनीहरुलाई आइसोलेसन लैजान तयारी भइरहेको उनले बताए ।

बैंकका कर्मचारीमा कोरोना संक्रमण देखि पछि उनी कार्यरत शाखाका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखिने पोखरा महानगरपालिका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए । बैंकको शाखा पनि बन्द रहने उनले बताए ।

यस अगाडी पोखरा लेकसाइडमा रहेको एक बैंकका कार्यरत पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । ती कर्मचारीक श्रीमतीलाई पनि कोरोना देखिए पछि आइसोलेसनमा राखीएको छ । शनिबार पोखरामा कोरोना संक्रमित पुष्टि भएका पोखरा ८ का पुरुष कतारबाट आएर क्वारेन्टिरमा रहेको भएको पोखरा महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुद्र बरालले बताए ।

गण्डकी प्रदेशमा शनिबार बिहान थप १० जनामा कोरोना संक्रमित थपिएका छन् । कास्कीमा ३, तनहुँ र बाग्लुङमा २/२ जना, गोरखा र स्याङजामा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ र ८ मा १/१ जना पुरुष र वडा नम्बर ५ मा १५ बर्षिय छात्रामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । यो सगँ कास्की जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९९ पुगेको छ ।
त्यसै गरी तनहुँको भानुमा दुई जना पुरुष, बागलुङको बाग्लुङ र बडिगाड एक/एक पुरुष गोरखामा एक महिला र स्याङजाको पुतलीबजार एक पुरुषमा संक्रमण देखिको उनले जानकारी दिए ।

तनहुँमा अहिले सम्म २ सय १२, बागलुङमा २ सय ६५, गोरखामा १ सय १७, स्याङजामा २ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ९२ जनामा कोरोना देखिएको छ । त्यस मध्ये ५ जनाको मृत्यु भएको छ भने १ हजार ४ सय ९३ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese