no comments

बलात्कार अभियोगमा पोखराबाट एक जना पक्राउ

पोखरा, २१ भदौ / कास्की प्रहरीले १८ वर्षीय युवतीलाई बलात्कार अभियोगमा पोखराबाट १ जना युवकलाई पक्राउ गरेको छ ।

शनिबार राति पौने ८ बजेको समयमा जंगलको बाटोमा एक्लै हिंडिरहेकी युवतीलाई डर, त्रास देखाएर बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ गरेको हो ।

खत्री पेसाले ट्याक्सी चालक हुन् । खत्री विरुद्ध जवरजस्ती करणी उद्योग सम्बन्धी कसुर अन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese