no comments

होटल संघ र आवास संघले पोखरेललाई सघाउने

पोखरा, २१पुस /पश्चिमान्चल होटल संघ र गण्डकी जग्गा तथा आवास विकास संघले पोखरा उद्योग वाािणज्य संघको आसन्न निर्वाचन अन्तर्गत उपाध्यक्ष (वाणिज्य) पदमा अर्जुन पोखरेललाई सघाउने भएका छन् ।

उनीहरुले आधिकारिक निर्णय गरेर नै पोखरेललाई सघाउने निर्णय गरेका हुन् । पोखरेल होटल संघको सदस्य हुन् भने आवास विकास संघको पुर्व अध्यक्ष हुन् । यस्तै युवा उद्यमी मन्चले समेत पोखरेललाई नै मतदान गर्न मातहतका मतदाताहरुसँग आग्रह गरेको छ ।

आफ्नो संस्थाका समस्या समाधानका लागि संस्थाकै सदस्यलाई नेतृत्वमा पु¥याउनुपर्ने भन्दै विभिन्न संघ संस्थाले पोखरेललाई निर्वाचित गराउन अपिल गरेको छ । पोखरेल हाल पोखरा उद्योग वाणिज्य संघको महासचिव पदमा कार्यरत छन् ।

२०७१ देखि ०७३ सम्म उनी कार्यसमिति सदस्यमा निर्वाचित भए भने २०७३ देखि ०७५ सम्म उपमहासचिवको रुपमा काम गरे । ग्रामिण पर्यटन विकासको लागि उनले अभियानकै रुपमा विभिन्न काम गरेका छन् भने संस्थागत रुपमा उद्योगी व्यवसायीका हक हितका लागि आवाज बुलन्द पार्दै आएका छन् ।

पोखरेल नारायण कोइराला प्यानलबाट वाणिज्य उपाध्यक्ष पदको उममेदवार बनेका हुन् ।

TechSansar.com - Technology Navigator website for Nepalese