no comments

अब अन्नपुर्ण बेस क्याम्प (एबिसि) (abc) जान पिसिआर रिपोर्ट नचाहिने

पोखरा, ८ माघ / विश्वकै चर्चित अन्नपुर्ण बेस क्याम्प पदमार्ग (एबिसि)  (abc) जानपिसिआर रिपोर्ट नचाहिने भएको छ । छोम्रोङ पर्यटन व्यवसायी समितिको मंगलबार बसेको बैठकले पदयात्रीको लागिपिसिआर रिपोर्ट नचाहिने निर्णय गरेकोे छ ।

समितिका अनुसार कोरोना संक्रमणको दर घट्दै गएको र जन जीवन सामान्य अवस्थामा फर्किदै गरेकाले पनिपिसिआर रिपोर्ट अनिवार्य नठानेर यस्तो निर्णय लिइएको हो ।

‘हामीले केही समय अघि पाहुनाकालागिहोटलहरु खुला राखे पनि कोरोना रिपोर्ट बोकेर मात्रै आउनुपर्ने भनेका थियौं,’ समितिका सचिवदिलिप गुरुङले भने, ‘अब कोरोना संक्रमण पनि घट्दै गई रहेको र जन जीवनपनि सामान्यअवस्थामाफर्किर्दै गई रहेको छ । पिसिआर रिपोर्ट अलि झन्झटिलो भयो भन्ने ठानेर समितिले यस्तो निर्णय लिएको छ ।’

एबिसीआउने पदयात्रीलाई स्वास्थ्यअवस्थामध्यनजर गर्दै आवश्यक सतर्कताअपनाएर मात्रै आउनउनको सुझाव छ । अहिले देउरालीसम्महोटलहरु पूर्ण रुपमाखुलेका छन् ।

देउरालीबाट माछापुछ्रे २ घण्टामा पुग्न सकिन्छ । माछापुछ्रेबाट अन्नपूर्ण साढे घण्टामा पुगेर देउरालीमाबास बस्ने गरि फर्किन सकिन्छ । यहीहप्ताभित्रमा माछापुछ्रे र अन्नपूर्ण बेसक्याम्पमापनिहोटलहरु खुलाहुने छन् ।

फागुनबाट कामदार आई सकेपछि एबिसी पूर्ण रुपमाखुल्ने छ । तर, देउरालीमा बसेर सहज रुपमा अन्नपूर्ण बेसक्याम्पपुगेर देउरालीमाबास बस्ने गरि फर्किन सकिन्छ । यसको लागिलोकल गाइडको पनिव्यवस्था गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese