no comments

पोखरामा १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत १७ देखी हुने

पोखरा, १७ माघ/ सहारा क्लब पोखराको आयोजनामा १९ औं संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत १७ गते देखी हुने भएको छ ।

प्रतियोगिता पोखरा रंगशालामा चैत १७ देखि २८ गतेसम्म हुने भएको सहारा क्लवले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा सहित १२ टिम सहभागी रहने सहारा क्लबका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । उनले कोरोनाका कारण टिम र संख्या र विदेशी खेलाडीका आगमन बारे तत्काल भन्न नसकिने बताए ।

कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश गुरुङले सहारा क्लबले पोखरा चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पोखराको खेलकुद र सहारा क्लबलाई राष्ट्रिय खेलकुद परिषदले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

हिमश्री फुड उत्पादन आहा तथा रारा तयारी चाउचाउको प्रायोजन रहेको प्रतियोगिता सम्पन्न गर्न प्रतियोगिताबाट १ करोड ३० लाख रुपैया आम्दानी गर्ने लक्ष्य रहेको छ ।

११ दिन संचालन हुने प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख अनुमान खर्च हुने अनुमान क्लबको रहेको छ । प्रातियोगिता क्याराभान गोल्ड कप सहित २० वर्ष देखी निरन्तर सञ्चालन भएको हो ।

प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च हुुदै आएको बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ( सुरज)ले बताए ।

तेश्रो व्याचको एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । गत वर्षको विजेता मनाङ्ग मर्यास्याङ्गदी क्लब र उपविजेता नेपाल पुलिस क्लब रहेको थियो ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese