no comments

सिन्धुपाल्चोकमा सोमबार दुई भूकम्पको धक्का

पोखरा, १ कार्तिक/ सिन्धुपाल्चोकमा केन्द्र विन्दु बनाएर सोमबार दुई पटक भूकम्प धक्का महशुस भएको छ ।

सिन्धुपाल्चोकको पाङताङ केन्द्र भएर दुई भूकम्पक गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र ३ बजेर २३ मिनेटमा ४ दशमलव ७ र ४ म्‍याग्निच्‍युडको दुई भुकम्प गएको हो ।

भूकम्पबाट अहिले भएको क्षतीको विवरण भने आएको छैन । यसअघि आइतबार गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ म्‍याग्निच्‍युडको भूकम्प गएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese