no comments

सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने दुई जना पक्राउ

काठमाडौं, ९ साउन / काठमाडौँको सीता पाइलामा बिहीबार साझँ २२ वर्षीया युवतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौँको डल्लु बस्ने मोहमद आलम र मुन्ना मोहमद हुन् ।

उनीहरु मुन्ना भारतीय नागरिक हुन् । उनीहरुलाई नार्गजुन ४ सिर्जनसिल टोलबाट महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरी परिसरको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

डेराबाट दही किन्न बाहिर निस्केकी ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी ती युवती एसिड प्रहार भएको थियो । युवतीको मुखमा एसिड परेको र कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको प्रहरीले जानकारी दिएको छ । ।

TechSansar.com - Technology Navigator website for Nepalese