no comments

कोरोना संक्रमणबाट प्रदेश सांसद पशुपति चौलागाईंको निधन

काठमाडौं, २९ बैशाख/ नेकपा एमालेका नेता तथा बागमती प्रदेशका प्रदेश सांसद पशुपति चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संक्रमणपछि केही दिनदेखि मनमोहन अस्पतालमा उपचार गराइरहेका थिए । एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौलागाईं दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

उनी दुई पटक संघीय संसदको सांसद निर्वाचित भएका थिए । चौलागाई २०५६ सालमा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दोस्रो संविधानसभामा सभासद रहेका चौलागाई एमाले निकट युवा संघका पूर्व अध्यक्ष समेत हुन् ।

उनी नेकपा एमालेको साबिक बागमती अञ्चलको इन्चार्ज समेत थिए । चौलागाईंका श्रीमती, एक छोरा र दुई छोरी छन् । श्रीमती र एक छोरीलाई पनि कोरोना पोजेटिभ देखिएका कारण होम आइसोलेसनमा छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese