no comments

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, १७ फागुन/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमले जानकारी दिएको छ ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटरमा ५ रुपैयाँ र हवाई इन्धन बाहृयतर्फको मूल्य एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

नयाँ मूल्य बृद्धिपछि पेट्रोलको प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ पुगेको छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese