no comments

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले १० को मृत्यु

काठमाडौं, २८ साउन / नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले १० जनाको मृत्यु भएको छ । बुधबार काठमाडौं, धादिङ, धनुषा, सप्तरी, कपिलवस्तु, मोरङ र बारामा १० जनाको विभिन्न अस्पतालमा मृत्यु भएको हो । यो सगँ कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

मन्त्रालयले अहिलेसम्म औपचारिक रुपमा ९१ जनाको कोरोनाले मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयको पत्रकार सम्मेलनपछि थप दुई जनाको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

२४ घण्टामा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १२ टेकु निवासी ७८ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनको किष्ट मेडिकल कलेज शिक्षण अस्पताल, ललितपुरमा उपचार गराइरहेकी महिलाको बुधबार राति १ः१५ निधन भएको हो ।

त्यसै गरी वीरगन्ज महानगरपालिका १६ नगवास्थित सामुदायिक प्रहरी कार्यालय नजिकको सडकमा मंगलबार दिउँसो उनी दिउँसो मृत फेला परेका थिए । शवको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो । त्यसै गरी मोरङ जिल्ला बुढीगंगा गाउँपालिका २ गंगाचोक निवासी ५५ वर्षीय पुरुष कोरोनाले मृत्यु भएको छ ।

त्यसैगरी बुधबार नै मोरङमा कोरोनाले विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएको छ । विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका एक कर्मचारीको बुधबार दिउँसो मृत्यु भएको हो । विराटनगर महानगरपालिका ३ घर भएका ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको हो ।

त्यसै गरी धादिङ जिल्ला निलकण्ठ नगरपालिका १४ का ३२ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ । उनको ह्याम्स अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ निवासी ७१ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको छ ।

बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको हो । धनुषाकै ३८ वर्षीया महिलाको कोरोनाले मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका ८ बस्ने महिलाको ललितपुरको पाटन अस्पतालमा बुधबार राति निधन भएको हो ।

त्यसैगरी सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ घर भर भएर राजविराज नगरपालिका ६ सिराहारोड बस्दै आएका ७२ वर्षीया एक पुरुषको मंगलबार मृत्यु भएको उनले बताए । त्यसैगरी कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीया पुरुषको बुधबार कोरोनाले मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese