no comments

पोखरामा १ किलो सुनसहित युवक पक्राउ

पोखरा, १६ माघ/ कास्की प्रहरीले १ किलो सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले एक किलो आठ ग्राम सुनसहित पोखरा १५ राम बजार बस्ने २५ वर्षीय रेशम सुनारलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

काठमाण्डौबाट पोखरातर्फ आउँदै गरेको हाइसमा चेकजाँच गर्ने क्रममा सुनारको साथमा अवैध सुन भेटिएको हो । पोखरा महानगरपालिका ३० पावरहाउसमा चेकजाँचका क्रममा गए राति १० बजे विभिन्न बैकका ३ थान चेक बुक र सुनसहित उनी पक्राउ परेको तिवारीले जानकारी दिए ।

सुनारको साथमा फेला परेको बिस्कुट आकारको गालेको अवस्थाको पहेँलो धातुलाई पोखरा र काठमाण्डौमा परीक्षण गराउँदा सुन नै रहेको प्रमाणित भएको उनले बताए ।

पक्राउ परेका सुनारलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese