तनहुँमा करेन्ट लाग्दा एकजनाको मृत्यु

करेन्ट

तनहुँ, २१ साउन / तनहुँमा करेन्ट लागेर बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

व्यास नगरपालिका–४ निवासी ३० वर्षीय सुवास श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित पिताम्बर थापाको घरमा वर्ल्ड लिंकको इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेको हो ।

करेन्ट लागेर सख्त घाइते श्रेष्ठको दमौली स्थित रत्नहरि मेमोरियल अस्पतालमा लैजाँदा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

 

Editor: