no comments

शिक्षक र सार्वजनिक यातायातका चालक–सहचालकलाई पनि अब कोरोना खोप

काठमाडौं, ९ फागुन/ सरकारले शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले अबको चरणमा कोरोना खोप लगाउन फागुन २३ गने देखी पाउने निर्णय गरेको छ ।

नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार नेपाल आएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीलाई पहिलो चरणमै खोप दिने निर्णय गरेको हो । उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन् ।

यस्तै महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन् ।

मन्त्रालयले त्यसै गरी २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ । नेपाल अहिले सम्म ४ लाख भन्दा बढिले खोप लगाई सकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese