no comments

सोमबार (आज) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

पोखरा, १९ माघ/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

कोरोनाका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese