बाग्लुङमा बाढीले बस्ती बगायो, चार जनाको मृत्यु, १३ जना बेपत्ता, पुल र जिप बगायो

पहिरो

पोखरा, १८ भदौ / बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बस्ती बगाउदा ४ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा चार वटा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराकी एसएसपी किरण रानाले जानकारी दिइन् ।

उनले प्रहरी र प्रमुख जिल्ला अधिकारी घटनास्थल तर्फ जादै गरेको जानकारी दिइन् । कति जना बेपत्ता छन् र कति घरमा क्षती पुगेको भन्ने विवरण आइनसकेको बताइन् ।

बाढीले ग१ज ४१२५ नम्बरको पिकअप जिप र खोलामा रहको झोलुङ्गे पुल समेत बगाएको बताइन् ।

Editor: