no comments

होटल संघ नेपालका निवर्तमान अध्यक्षको कोरोनाले मृत्यु

काठमाडौं, ५ मंसिर / कोरोना संक्रमणबाट होटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंको ॐ अस्पतालमा मृत्यु भएको हानले जनाएको छ । केही समय देखि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।

शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् । उनका एक छोरा डाक्टर हुन् ।

छोराकै निगरानीमा उपचार गराइरहेका उनी केही दिनदेखि स्वास्थ बिग्रिएपछि ॐ अस्पतालमा भर्ना भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese