no comments

दमौलीमा ठुलो आगलागि, आगोनिभाउन काठमाडौंबाट हेलिकप्टर, पोखराबाट दमकल

पोखरा, २२ फागुन/ दमौली बजारस्थित र्भाेलेटार चोकको पसलमा भीषण आगलागी भएको छ । ब्यास नगरपालिका ४ स्थित र्भाेलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन ।

अन्य दुई घरमा पनि आगो सरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

अहिले प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन् । आगो नियन्त्रणका लागि दमौलीमा रहेको एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ ।

स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक एयरसँग सहयोग मागे पछि सिम्रिक एयरको हेलिकप्टर काठमाडौंबाट दमौली प्रस्थान गरेको छ ।

त्यसै गरी पोखराबाट पनि एउटा दमकल र केही पानीका ट्यांकलहरु पठाएको कास्की प्रहरी प्रमुख एसपि रमेश थापाले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese