no comments

रुपा गाउँपालिकामा प्रतिभाको खोजी, मेरिजन गुरुङलाई आइडलको उपाधि

पोखरा, १९ माघ/ विभिन्न वडा वडामा रहेका जाती विशेषका संस्कृति, रहनसहन र परम्परालाई एकै ठाउँमा ल्याउने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने अभियान गाउँपालिकाले थालेको छ ।

७५ सालदेखिनै रुपा गाउँपालिकाले सबै जातीका संस्कृति र परम्परालाई झाँकीमार्फत प्रदर्शन गर्ने काम थालेको थियो । तर, गएको वर्ष भने कोरोनाका कारण झाँकी प्रतियोगिता रोकियो । तर, गएको वर्ष नै सुरु भएको पालिका भित्रका प्रतिभा पहिचान गर्ने अर्को कार्यक्रम पूरा भएको छ ।

पालिकाले पहिलो पटक रुपा डान्स आइडल गरेको हो । ५५ जनाभन्दा बढी प्रतियोगी डान्सरलाई पछि पार्दै रुपा–६ कि मेरिजन गुरुङले रुपा आइडलको ताज पहिरिएकी छन् ।

रुपा–५ कि अनुशा अधिकारि, रुपा–६ की सुस्मिता खड्का र रुपा–५ की सुजता विक क्रमश द्वितिय, तृतीय र सान्त्वना भए ।

आइडलमा प्रथम हुनेले ३० हजार रुपैयाँ प्राप्त गरिन् । द्वित्तीय, तृतीय र सान्त्वना गरी क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese