no comments

चर्चित गीत लेकाली हामी पुनः अक्वोष्टिक भर्सनमा

पोखरा, १६ साउन / गायक भाई गुरुङले दुई दशक अघि आाफैंले गाएको लेकाली हामी बोलको चर्चित गीतलाई नयाँ स्वादका साथ अक्वोष्टिक भर्सनमा पुनः प्रस्तुत गरेका छन् । गीतलाई एसटु प्रोडक्सन प्रालिको युट्युव च्यानलमार्फत् शुक्रबार प्रिमियर गरिएको गायक गुरुङले जानकारी दिए ।

श्रोता र दर्शकको चाहनालाई मध्यनजर गर्दै वाईस तेईस बर्ष अघि गाएको गीतलाई अहिले पुनः गाएको उनले सुनाए । मेख गुरुङ र नविन गुरुङको शब्द रहेको सो गीतमा नविन गुरुङले संगीत भरेका हुन् । गीतको छायाँकन र सम्पादन सुरज श्रेष्ठले गरेका हुन् ।  पोखराको दीपका स्थायी वासिन्दा भाई हाल पोखराकै बगालेटोलमा बस्छन् ।

उ बेलाको चर्चित लेकाली ब्याण्डबाट आफ्नो गायनयात्रा थालनी गरेका उनले हालसम्म चार दर्जन बढी गीतहरु गाइसकेका छन् । मुटु चिरी, लेकाली हामी, पहिलो नजर, कहाँबाट, अन्धो माया लगायत कयौं उनका चर्चित गीतहरु युवादेखि पाको उमेरका नेपालीले मन पराएका छन् ।
लेकाली ब्याण्डमा छँदा नै यो मुटुमा लगायत तीन वटा अल्वममा स्वर दिएका भाईले पछि भने सोलो गायन रोजे । सोलो गायनमा समेत उनी उत्तिकै जम्न पुगे । पछिल्लोपटक प्रिमियर गरिएको लेकाली हामी गीतको नयाँ स्वादलाई समेत दर्शक श्रोताले माया गरी उत्तिकै मन पराइदिने अपेक्षा उनको छ ।

कलकलाउँदो युवा वयमा लाहुर जाने सपना बोकेको युवाको कहानीबाट गीतको सुरुवात हुन्छ । लेकबेंसी र मेलापातको पुरानो सम्झना समेत गीतले पुनर्जिवित गरेको छ । अनि माया प्रेम भन्ने चिज कसलाई मन नपर्ला र ? यस्तै यथार्थलाई चित्रण गर्दै भाईले गीत मार्फत् मेलापातका संगीनीको मधुर भाका मात्र सम्झना गरेका छैनन् बैंस फुल्दाका सोल्टीनीको मनै चुँड्ने आँखा पनि सम्झेका छन् ।

तिहारमा दाजुभाइका लागि सयपत्रीको फूल उन्ने प्यारा दिदी बैनीको सम्झना देखि सोरठीमा मादल ठोक्ने प्यारो भाइको सम्झना समेत गीतमा गरिएको छ । लैबरीको भाका होस् वा कोइलीको बोल सबैलाई एकैपटक सम्झिएर उनले गाएका छन्– हाँसौं खेलौं दुई दिन हो जीवनघाम छायाँ ।

TechSansar.com - Technology Navigator website for Nepalese