no comments

अष्ट्रेलियाको ब्रिसबेनमा ब्लु पार्टीको तयारी

पोखरा, ११ फागुन / महाशिवरात्रिको छेको पारेर क्विन्स्ल्यान्ड इन्टरनेसनल इन्स्टिच्युटले ब्रिसबेनमा ‘ब्लु पार्टी, शिव डान्स स्प्रिट’ को तयारी पूरा भएको जानकारी दिएको छ ।

प्राचीन कालदेखि नै नेपालीले महाशिवरात्रि पर्वलाई महत्व दिँदै आएको हुँदा घरदेश बाहिर रहेका नेपाली र भारतीय समुदायलाई लक्षित गरी महाशिवरात्रि उत्सव मनाउन लागिएको हो ।

उत्सवमा डिजे उरी र डिजे रूजालले नेपाली, बलिउड र इलेक्ट्रोनिक डान्स र म्युजिकको दमदार प्रस्तुति दिने जनाइएको छ ।

उक्त उत्सवमा कोरोना कहरपछिको नवसामान्य अवस्थामा सहभागीहरूले भरपुर मनोरञ्जन लिने विश्वास आयोजक क्युआइआइले जनाएको छ ।

उत्सवलाई ‘ब्लु पार्टी’ नामाकरण गर्नुमा भगवान शिवको निलकण्ठ रूपलाई प्रतीक मानिएको उत्सवका संयोजक मौसम काफ्लेले जानकारी दिए ।

काफ्लेले थपे ‘भगवान शिवको स्मरणको पवित्र दिनमा उत्सव गर्न विवेकले दिएन’ त्यसैले महाशिवरात्रिको पूर्व सन्ध्यामा उत्सव आयोजना गर्न लागिएको हो ।

फागुन २६ गते अर्थात् मार्च १० तारिख साँझ ९ः३० बजेदेखि बिहान ढिलोसम्म फोर्टिच्युड भ्यालीको दि मेटमा हुने उत्सवमा सहभागी हुन प्रवेश शुल्क १० डलर तिर्नुपर्ने छ ।

ब्रिसबेनमा अवस्थित शैक्षिक संस्था क्विन्सल्यान्ड इन्टरनेसनल इन्स्टिच्युटले उत्सवको सूचना सार्वजनिक गर्नासाथ नेपाली र भारतीय समुदायले उत्साहजनक रूपमा प्रवेश टिकट बुकिङ गरिसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese