no comments

पोखरामा १७ सहित गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण

पोखरा, १० असोज / गण्डकी प्रदेशमा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा १७ जना तनहुँ र लमजुङ ५/५ जना र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ७३ पुगेको छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका ५३ र ५७ बर्षीय पुरुषहरु गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयमा कार्यरत हुन् भने ४९ बर्षीय पुरुष स्वास्थ्य निर्देशनालयमा रहेको डब्लुएचओ आइपिडिमा कार्यरत रहेका छन् । पोखरा महानगरपालिका ७ का २२ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत हुन् ।

त्यसै गरी तनहुँ जिल्ला, ब्यास ११ का १६ बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित चरक मेमोरियल अस्पतालमा उपचाररत विरामी हुन् भने भिमादका २ जना पुरुषहरु भारतबाट आएका हुन् । पोखरा महानगरपालिका ४ का ४५ र ४७ बर्षीय पुरुषहरु जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत हुन् ।

वार्ड नं ६ का २६ बर्षीय महिला राष्ट्रिय बाणिज्य बैंक, गैडाकोट, नवलपुर शाखामा कार्यरत हुन् । वार्ड नं १० का ४७ बर्षीय पुरुष पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी हुन् भने मनाङ जिल्ला, चामेका ३१ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् । अन्य सबै कन्ट्याक टे«सिङबाट पहिचान भएका हुन् ।

यो सगँ गण्डकी प्रदेशमा ३ हजार ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म २ हजार ४ सय ९८ निको भएर घर फर्किएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese