ट्रिपएनपी दोस्रो वर्षमा

ट्रिपएनपी दोस्रो वर्षमा

पोखरा, १२ असोज / ट्रिपएनपी टेक्नालेजी प्रा. ली को प्रथम बाषिक साधाण सभा होटल लेकसाइड प्राली मा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष प्रेमप्रसाद सुबेदीको अध्यक्षतामा भएको कार्यक्रमा कम्पनीका सञ्चालक समितिका सदस्य प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए ।

ट्रिपएनपी टेक्नालेजी प्रालीलाई देशकै अग्रणी बुकिङ्ग पोर्टल बनाउने उद्देश्यले पोखाराको विभिन्न पर्यटन ब्याबसायमा आबद्ध ८ जना व्याबसायी मिलेर सञ्चालनमा ल्याएका हुन् ।

बुकिङ्ग पोर्टल लाई २०७६ श्रावण २२ गते लन्च गरिएको थियो । साधारण सभामा आथिक बर्ष २०७६/ २०७७ अध्यक्षको प्रतिबेदन तथा आथिक बर्ष २०७७/२०७८ को भावी रणनितीहरु प्रस्तुत गरिएको थियो ।

कोषाध्यक्ष महेश्वर भण्डारीले आर्थिक वर्ष २०७६/२०७७ को आथिक प्रतिवेदन र आर्थिक वर्ष २०७७÷ २०७८ को प्रस्ताविक बजेट पेश गरेका थिए । ट्रिपएनपीलाई माघ भित्र आफ्नै बुकिङ्ग पोर्टल बनाएर बजार विस्तार गर्ने र देश भरी प्रतिनिधि बनाएर संजाल विस्तार गर्न लक्ष्य रहेको कम्पनीका अध्यक्ष प्रेमप्रसाद सुबेदले जानकारी दिए ।

अब होटल बुकिङ्गलाई पनि अगाडी बढाउने उनले बताए । कम्पनीले आर्थिक वर्ष भित्र कुल पुजीँ दुई करोड लगानी गर्ने लक्ष्य लिइएको उनले बताए । कार्यक्रम संचालक कम्पनीका सचिव एवम प्रमुख कार्यकारी अधिकृत श्रीकृष्ण अधिकारीले गरेका थिए ।

Editor: