no comments

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कोइराला निर्वाचित

पोखरा, १२ पुष/ नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको अध्यक्षमा पुन सञ्जीबहादुर कोइराला निर्वाचित भएका छन् ।

संघको शनिबार पोखरामा भएको अधिवेशनले कोईरालालाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित कोईराला नेपाल उद्योग वाणिज्य संघ गण्डकीका अध्यक्ष र पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष हुन् ।

उनले कुल ८० प्रतिशत मतमा ५४ प्रतिशत मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी पर्वतका हरिओम शर्माले २६ मत प्राप्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश अध्यक्ष बन्न जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेको हुनुपर्ने प्रावधान रहेको छ ।

अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल (नवलपुर उवासंघ पूर्व अध्यक्ष) सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत भएका छन् ।

त्यसै गरी सदस्यमा धर्म बस्याल, मंगलप्रसाद श्रेष्ठ, लिलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य, एसोसिएट सदस्यमा सूर्य भुजेल सर्वसम्मत चयन भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese