no comments

पोखरा सडक महोत्सव बुधबार देखी, तयारी पुरा

पोखरा, १३ पुष / कोरोना महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्र चलायन बनाउन पोखरा आयोजना गर्न लागेको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान), पोखराले अंग्रेजी नयाँ वर्ष अवसरमा बुधबार देखी शुक्रबार सम्म पोखराको लेकसाइडमा २२ औं पोखरा सडक महोत्सव तयारी भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

उनले महोत्सव स्थलमा चार ठाउँमा स्टेज बनाएर सास्कृतक कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए । कोभिड–१९ का कारण बन्द रहेका होटल, रेष्टुरेन्ट लगायत सम्बद्ध क्षेत्रलाई गतिशील बनाउन स्वास्थ्य मापदण्ड अपनाउँदै महोत्सव गर्न लागेको उनले बताए ।

विगत ९ महिनादेखि पर्यटनसम्बन्धी कुनै पनि गतिविधि नभएको, कतिपय व्यवसायीहरु विस्थापित समेत भैरहेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी ‘पोखरा खुला छ’ भन्ने सन्देश दिन स्थानीय प्रशासनको स्वीकृतिमा महोत्सव गर्न लागिएको महोत्सव संयोजक बसन्त गौतमले जानकारी दिए ।

विगतमा पुस १३ देखि १७ सम्म ५ दिनका लागि हुने महोत्सव यसपालि छोट्याएर ३ दिनमात्र गर्न लागिएको हो । महोत्सव विगतमा झैं सहिदचोकदेखि हल्लनचोक सम्मको करिब ३ किमी क्षेत्रफलमा हुनेछ ।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले हुने सडकमा हुने महोत्सवमा मौलिक संस्कृति झल्कने विभिन्न जातजातिका भेषभूषसहित सांस्कृतिक कार्यक्रम हुनेछन् । यसपालि तडकभडक र तामझाम भने नहुने उनले बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese