no comments

होटल संघ र इसेवा फोनपे विच सहकार्यको सम्झौता

पोखरा, ५ चैत । पश्चिमाञ्चल होटल संघ पोखरा र इसेवा फोन पे प्रालि विच क्यू आर कोड प्रबद्र्धन र डिजिटल पार्टनरसिपका लागि बुधबार सम्झौता भएको छ । पोखराको लेकसाइडमा आयोजित एक औपचारिक समारोहमा संघका अध्यक्ष विकल तुलाचन र फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार संघ र यस अन्तर्गतका सदस्य होटलहरुले फोनपेद्वारा संचालनमा ल्याइएको क्यूआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग र प्रोत्साहन गर्ने छन् भने फोनपेले इसेवा लगायत उसका अन्य कम्पनी मार्फत् पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने छन् ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष विकल तुलाचनले प्रविधिलाई अँगालेर अगाडि बढ्न सके छिटो, छरितो र पारदर्शी भुक्तानीमा बल पुग्ने भनाई राखे । डिजिटल मुभमेण्टलाई अगाडि बढाउने विषयमा संघ प्रतिवद्ध रहेको भन्दै अध्यक्ष तुलाचनले क्यू आर कोडलाई बढी भन्दा बढी प्रयोग गर्न र आफ्ना ग्राहकलाई समेत त्यसका लागि प्रोत्साहन गर्न व्यवसायीसँग आग्रह गरे ।

फोनपेका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले इसेवा, फोनपे, डिजिटल भुक्तानी र क्यूआर कोडको प्रयोग, महत्व तथा फाइदाका बारेमा कार्यक्रममा बताएका थिए । संघले संचालन गरेको जाउँ है पोखरा अभियानलाई थप अगाडि बढाउन र पोखरालाई डिजिटल विषयमा अगाडि बढाउन आफ्नो कम्पनी र समूहका तर्फबाट सहयोग रहने उनले सो अवसरमा बताए ।

नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख इश्वरीप्रसाद भट्टराईले जनताको तल्लो तहसम्म क्यूआर कोडजस्ता प्रविधिलाई पु¥याइनु पर्ने र यसका लागि राष्ट्र बैंकले समेत प्रोत्साहन गरिरहेको बताए । सस्तो, शुलभ र निशुल्क इन्टरनेट जस्ता विषयले मात्र डिजिटल भुक्तानीलाई बढवा दिन सकिने उनले बताए । राष्ट्र बैंकले यस्तो भुक्तानीलाई प्रोत्साहन गर्दै आएको पनि उनले बताए ।

होटल संघ नेपालका केन्द्रिय सदस्य एवं पश्चिमाञ्चल होटल संघ पोखराका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रबद्र्धन र डिजिटल प्रणालीको विकास र महत्वका बारेमा भनाई राखेका थिए । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका प्रवीणराज पन्त, फोन पे समूहका चिफ अपरेटिङ अफिसर शिशिर पछाइ र संघका महासचिव गणेशराज पहारीले पनि भनाई राखेका थिए ।
TechSansar.com - Technology Navigator website for Nepalese