ओहो ! कस्तो रहर लाग्दा हाँसपालन पोखरामा

ओहो ! कस्तो रहर लाग्दा हाँसपालन पोखरामा

पोखरा, १४ असोज /कोभिड—१९ (कोरोना भाइरस) को कारण विश्वमै धेरैले रोजगारी गुमाएका छन् । रोजगारी गुमानउे क्रम अझै पनि जारी छ । नेपालमा पनि युवाहरु बेरोजगार भइरहेका छन् । यही समयमा पोखराका दुई युवा भने आफैँ व्यवसायी बनेर अरुलाई पनि रोजगार दिएका छन् ।

पोखरा बेगनास तालका ३८ वर्षिय विष्णुहरि न्यौपाने र पोखरा शिवालय चोकका ३८ वर्षिय गुरुप्रसाद पौडेलले लकडाउनकै समयमा व्यवसायिक हाँस पालन गरेर अरुलाई पनि रोजगारी दिए ।

पोखरा २४ लौरुकस्थित हर्पन खोलाको किनारमा उनीहरुले लकडाउनमै संचालन गरेको बिजी एग्रो एण्ड ब्रिडिङ फार्म प्रालिमा अहिले ५ हजार हाँस छन् । फार्ममा ४ जनाले रोजगारी पनि पाएका छन् । करिब २० रोपनी जग्गा १२ वर्षका लागि भाडामा लिएर उनीहरुले व्यवसाय शुरु गरेका हुन् ।

त्यही जग्गामा लकडाउनकै बीच पुरानो खोर मर्मत, नयाँ खोर निर्माण र कम्पाउण्ड गरेर वैशाख देखि व्यवसायिक रुपमा हाँस पालन सुरु गरेको न्यौपानेले सुनाए । केही वर्ष अघि आफ्नै घरमा एक डेढ सय हाँस पालेको अनुभव भएकोले पनि ठूलो स्केलमा हाँस पाल्न हौशला मिलेको न्यौपानले बताए ।

दश हजार हाँस पाल्ने लक्ष्यका साथ अहिले चल्ला आफै उत्पादन गरेर बिक्री गर्ने योजना अनुसार ह्याचरी मेसिन समेत ल्याउने तयारीमा छन् । अहिलेसम्म १ करोड ७० लाख रुपौयाँ लगानी भइसकेको न्यौपानेले सुनाए । खोलामा छाडेर पालिएको हाँस भएकोले पनि आफ्नो फार्मका हाँस स्वास्थ्यका लागि अझै राम्रो भएको उनले बताए ।

लकडाउनमा सुरु गरेको हाँस पालन व्यवसायले आम्दानी पनि दिन सुरु गरिसकेको न्यौपानेले बताए। अहिलेसम्म करिब १ हजार हाँस बिक्री भइसकेको उनले सुनाए । मस्कोभी, पेकीङ, खागी केमल (लोकल) हाँस गरी तीन प्रजातीका हाँस उनीहरुले पालेका छन् । मस्कोभी जातको हाँसको भाले २५ सय, पोथी १५ सय, पेकीङ जानको भाले २ हजार र लोकल हाँस १२ सय रुपौयाँमा बिक्री गरिँदै आएको बताए ।

 

 

Editor: