no comments

बुद्ध एयरको पोखरा होलिडेज अफरः ६ हजारमा दुई दिन तीन रात पोखरा घुम्न पाइने

काठमाण्डौ, ११ साउन / पर्यटन क्षेत्र बन्दाबन्दी खुलेसँगै पूर्ववत् अवस्थामा फर्कने योजनाका साथ बुद्ध एयरले पोखरा होलिडेज प्याकेज घोषणा गरेको छ । भदौ १५ गतेदेखि होटल, ट्राभल, ट्रेकिङ लगायत पर्यटकीय क्षेत्र खुल्दैछन् ।

त्यसैलाई लक्ष्त गरेर बुद्ध एयरले प्याकेज घोषण गरेको हो । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेपछि त्यसैलाई लक्ष्त गरेर योजना सार्वजनीक गरेको हो ।

बुद्ध एयरले अहिलेको स्थितिलाई चलायमान बनाउन सस्तो आकर्षक होलिडे प्याकेज सार्वजनिक गरेको जनाएको छ । बुद्ध होलिडेजले नाफा रहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको कम्पनीले जनाएको हो । बुद्ध एयर, पोखरा तथा चितवनका होटलको सहकार्यमा प्याकेज ल्याएको छ ।

दुई दिन तीन रातको प्याकेजमा पोखरा पाँच हजार ९ सय ९९ र चितवनका लागि सात हजार ९ सय ९९ तोकिएको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाइ, बिहानको खाजा, पोखरा विमानस्थलबाट होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको छ । पोखरा बजार भ्रमण र फेवातालमा डुङ्गा सयरको व्यवस्था छ ।

यसैगरी चितवनको पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाइ, बिहानको खाजा, चितवन विमानस्थलबाट सौरहा होटेल र फर्किंदा विमानस्थलको गाडी सुविधा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो योजना केही समयका लागि मात्रै भएको उल्लेख गरेको छ ।

प्याकेजको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटनलाई चलायमान तथा प्रवद्र्धन गरी हाम्रा सेवा सुरक्षित छन् भनी विदेशी पर्यटकलाई समेत जानकारी दिने उद्देश्य रहेको कम्पनीले जनाएको छ । निर्देशिकाले जहाज देखि, पर्यटक गाडी तथा होटेल, रेस्टुराँ तथा त्यहाँ रहेका कामदारलाई समेटेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese