पोखरा, ७ माघ / पोखरामा माघ अन्तिम सातादेखि आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनमा माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको भलिवल कोर्टमा प्रतियोगिता हुन लागेको हो । पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिता पुरुष र महिलातर्फ उत्कृष्ट चार टोलीहरुको सहभागिता रहनेछ । महिलातर्फ तीन विभागीय टोली एपीएफ नेपाल पुलिस त्रिभुवन आर्मी सहित न्यु डायमण्डले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरुषतर्फ तीन विभागीय टोलीसहित गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएको छ ।